जसपाका तटस्थलाई फकाउँदै बाबुराम

जनता समाजवादी पार्टी नेपालको पछिल्लो विवादमा तटस्थ बसेका सांसद तथा केन्द्रीय सदस्यहरुलाई जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले फकाउने अभियान सुरु गरेका हुन् । जसपाको आन्तरिक विवादका कारण बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक जारी रहेको छ । काठमाडौँको जडीबुटीमा बाबुराम पक्षको बैठक चलिरहेको छ भने मधेस प्रदेशको वीरगञ्जमा उपेन्द्र यादव पक्षको बैठक बसिरहेको छ । दुवै बैठकमा केन्द्रीय सदस्य तथा सांसदहरु बाँडिएका छन् । तर कतिपय यस्ता सांसद तथा केन्द्रीय सदस्यहरु प

सम्बन्धित सामग्री

मधेसमा जनमत पार्टीलाई फकाउँदै कांग्रेस

बारा । केन्द्रमा सत्ता गठबन्धन हेरफेर भएपनि मधेस प्रदेशमा नेपाली कांग्रेसले जनमत पार्टीलाई फकाउने प्रयास गरेको छ । सरकारमा रहनाका लागि कांग्रेसले जनमतलाई मुख्यमन्त्रीको अफर गरेर फकाउने प्रयास गरेको हो । कांग्रेसका नेता सुनिल गुप्ताले मधेस प्रदेशमा जनमत पार्टीलाई मुख्यमन्त्री दिने विषयमा छलफल भएको तर पुष २६ गतेपछि मात्रै त्यसको टुंगो लाग्ने बताए । ‘सिके राउतले मधेस प्रदेशमा मुख्यमन्त्री मागिरहनु भएकोले कांग्रेसले पनि मुख्य मन्त्री दिएर आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा छलफल चलाइरहेको छ, लोसपा पनि हामीसँगै भएकोले यस्तो वातावरण बन्नसक्छ’ गुप्ताले भने ।  १०७ सदस्यीय मधेस प्रदेशसभामा नेकपा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपा...

सरकारमा जान उपेन्द्र यादव प्रचण्डलाई फकाउँदै

सत्ता गठबन्धनबाट फुत्केर एमालेसँग चुनावी सहकार्य गर्न पुगेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव खुमलटार पुगेका छन् । बिहीबार बिहानै उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

स्थानीय निर्वाचनमा ‘धोका’ पाएको जसपालाई फकाउँदै ओली

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेताहरूले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई सत्तारुढ गठबन्धनले धोका दिएको निष्कर्ष निकालेका छन् । जसपा नेपालका नेताहरूका अनुसार गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेसबाट जसपा नेपालले बढी धोका पाएको छ ।विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार नागेश कोइराला विजय हुनु र जसपाका उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव पराजित हुनुलाई जसपाका नेताहरूले गठबन्धनबाट भएको ‘धोका’को रूपमा लिएका छन् । त्यस्तै गठबन्धनबाट जनकपुरधाम उपमहानगरप

ठाकुरलाई फकाउँदै कांग्रेस र माओवादी केन्द्र

वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा अझै तयार भइसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहेका छन् ।

ठाकुर र महतोलाई फकाउँदै दाहाल र पौडेल

वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा अझै तयार भइसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहेका छन्। जसपाभित्रै अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई भने बिनासर्त ओलीको विकल्प खोज्न तयार छन्। कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र कांग्रेस नेतृत्वमा