काठमाडौं। नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक बसिरहेको छ।सरकारमा पठाउने मन्त्रीका विषयमा निर्णय गर्न बैठक बसेको हो। केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीका विषयमा निर्णय हुनेछ। कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गरेपछि आजै विपक्षी गठबन्धनलाई समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्।