नेपालमा हिप्को इन्फ्राबाट पिइबीको उत्पादन सुरू

हुलास स्टिल इण्डष्ट्रिजद्वारा नेपालको पहिलो पिइबी (प्रि–इन्जिनियर विल्डिङ्स)को उद्यम गर्ने संस्थाको रूपमा रहेको हिप्को इन्फ्राबाट नयाँ उत्पादन सुरू गरेको छ ।हिप्कोले नेपालमा पहिलोपटक पिइबीको उत्पादन सुरू गरेको हो । हिप्कोले नेपालमा पहिलोपटक नयाँ प्रविधि र अन्तराष्ट्रिय मान्यताप्राप्त सफ्टवेयरहरुको प्रयोग गर्दै उच्च गुणस्तरको प्रि–इन्जिनियरड वल्डिङ्स र सामानहरू लगायतको वार्षिक ५० लाख स्कावायर फिट उत्पादन गर्ने कम्पनीले […]

सम्बन्धित सामग्री

हुलास स्टीलको हिप्को इन्फ्रा स्थापना

हुलास स्टील इन्डस्ट्रिजले अत्याधुनिक प्रविधिका प्रयोग गरी विभिन्न गुणस्तरीय उत्पादन गर्न हिप्को इन्फ्रा स्थापना गरेको छ ।वैज्ञानिक निर्माणलाई सधैं प्राथमिकतामा राख्ने गरेको भन्दै गोल्छा अर्गनाइजेसनद्वारा सन् २०२१ मा दिवाकर गोल्छा कर्पको स्वामित्वमा नेपालको पहिलो पीइबी (प्रि– इन्जिनियर स्टील विल्डिङ्स) को उद्यम गर्ने संस्थाको रुपमा हिप्को इन्फ्रा स्थापना भएको हो ।कम्पनीले अत्याधुनिक प्रविधिका प्रयोग गरी विभिन्न […]

आधुनिक प्रविधिमार्फत उत्पादन गर्दै हुलास स्टिल

काठमाडौं (अस) । हुलास स्टिल कम्पनीले आधुनिक प्रविधिमार्फत आफ्नो उत्पादन गर्दै आएको दाबी गरेको छ । हुलास स्टीलको अत्याधुनिक प्रविधिमार्फत उत्पादित सामग्रीले विकासका लागि महत्त्वपूर्ण टेवा पुर्‍याउँदै आएको कम्पनीले दाबी गरेको छ । ‘दैवी प्रकोपबाट हुने भौतिक क्षति न्यूनीकरण गराउन तथा आधुनिक, वैज्ञानिक एवं व्यवस्थित निर्माणलाई प्रोत्साहन गर्न हुलास स्टीलले गुणस्तरीय उत्पादन उत्पादन गर्दै आएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संस्थाले पीईबी (प्रि–इन्जिनियर स्टील बिल्डिङ्स)को अवधारणामा रहेर आधुनिक, वैज्ञानिक एवं सुरक्षित रूपमा गुणस्तरीय निर्माणमार्फत ग्राहकवर्गलाई सेवासुविधा प्रदान गर्दै आएको बताएको छ । गोल्छा  अर्गनाइजेसनद्वारा सन् २०२१ मा दिवाकर गोल्छा कर्पको स्वामित्वमा पीईबीको उद्यम गर्ने संस्थाको रूपमा हिप्को इन्फ्रा स्थापना गरिएको थियो । हिप्को इन्फ्राले नवीनतम प्रविधि र अन्तरराष्ट्रिय मान्यता प्राप्त सफ्टवेयरमार्फत नियमित रूपमा मध्यमदेखि ठूला परियोजना (व्यावसायिक भवन, आवास, वेयर हाउस, शोरूम, स्टोर लगायत संरचना)को गुणस्तरीय निर्माण गर्दै आएको बताइएको छ ।