प्रशिक्षक श्रेष्ठले एसियाड टोलीलाई प्रशिक्षण दिन नपाउने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेका खेलाडीलाई प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण गराउन नपाउने भएका छन् । गत महिना एसियाड छनोटका क्रममा भएको विवादमा दोषी पाइएको भन्दै नेपाल कराते महासंघले श्रेष्ठलाई ३ महिना कराते कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरि कारवाही गरेको छ । यद्दपी महासंघले घटनाका विषयमा गरिएको निर्णयका बारेमा सार्वजनिक […] The post प्रशिक्षक श्रेष्ठले एसियाड टोलीलाई प्रशिक्षण दिन नपाउने first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

एसियाली खेलकुद : अनुभव हासिल गर्ने ठुलो मञ्च

पछाडिबाट तार जोडिएको बाक्लो सेतो पोसाकसहित तरबार बोकेर फेन्सिङका छ खेलाडी हाङजाउ एसियाडका लागि कडा अभ्यास गरिरहेका छन्। खेलाडीको तरबारले विपक्षीको ड्रेसमा छुँदा ‘टुट’ गरेर सँगै रहेको स्कोरबोर्डबाट आवाज आउँछ। एसियाडमा छाप छोड्ने लक्ष्यसहित सर्बियाका प्रशिक्षक ‘डुमा’ को रेखदेखमा प्रशिक्षण भइरहेको छ। एसियाडमा पुरुषतर्फ सेभर इभेन्टस्मा आर्मीका उपेन्द्र शाही, एपिएफका राजेन्द्र गजुरेल र पायस योञ्जन तथा महिलातर्फ फोयल इभेन्टस्मा बागमती प्रदेशकी गोमा आचार्य, एपिएफकी अनिता अधिकारी र एपिएफकै मन्दिरा थापाले प्रतिस्पर्धा गर्नुहुने छ। वीर गणेशमानसिंह राष्ट्रिय प्रतियोगिताबाट बन्द प्रशिक्षणमा परेकाहरूबाट एसियाड जाने खेलाडीहरूको चयन भएको हो।

बक्सिङमा विदेशी प्रशिक्षक

चीनको आयोजनामा हुने १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को तयारीका निमित्त नेपाल बक्सिङ संघले नेपाली खेलाडीलाई प्रशिक्षण गराउन विदेशी प्रशिक्षक शिव सिंहलाई जिम्मेवारी दिएको छ । प्रशिक्षक सिंहले २६ नेपाली मुक्केबाजलाई प्रशिक्षण गराउने...