भिजिट भिसाको धन्दा चलाउँदै मेनपावर

कामदारलाई कानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउने अनुमति प्राप्त मेनपावर सञ्चालक नै भिजिट भिसाको धन्दामा लागेको पाइएको छ । भिजिट भिसामा कामदारलाई खाडी मुलुक पठाउने र उनीहरूबाट ठूलो रकम असुली गर्ने धन्दामा लागेको अभियोगमा प्रहरीले पान्डोरा टिम कर्पोरेसनका सञ्चालक ईश्वर भण्डारीलाई पक्राउ गरेपछि भिजिट भिसा चलाइरहेको गिरोहबारेको तथ्य सार्वजनिक भएको हो ।