रुस र युक्रेनबीच अन्न निर्यात गर्ने विषयमा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर

रुस र युक्रेनबीच अन्न निर्यात खुलाउनेबारे महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । टर्कीको इस्तानुबलमा भएको लामो वार्तापछि दुवै पक्ष खाद्यान्नको निर्यात खुलाउन सहमत भएका हुन् । सिधा युद्धमा रहेका रुस र युक्रेनले सम्झौतामा हस्ताक्षर गर्दा एउटै टेबलमा भने बसेनन् । सम्झौतामा पहिला रुसका रक्षामन्त्री सर्गेई सोयुगुले हस्ताक्षर गर्नुभयो । त्यसपछि अलग्गै टेबलमा युक्रेनका पूर्वाधारमन्त्री ओलेक्सान्दर कुब्राकोभले हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ । सम्झौता अनुसार अब युक्रेनी बन्दरगाहमा रोकिएको हजाराैँ टन खाद्यान्न कृष्ण सागर हुँद...