नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् । महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताएका हुन् । उनले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न पनि नेविसंघका नेता, कार्यकर्तालाई निर्देशन दिए । मंगलबार नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भए