कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जुम्लामा एकीकृत सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेस्क स्थापना गरिएको हो । उक्त डेस्कबाट कोभिड– १९ विरुद्धको खोप लगाउने, शङ्कास्पद व्यक्तिका लागि आरडिटी र एन्टिजेन परीक्षण गर्ने, मास्क बैङ्कको व्यवस्था गर्ने र ज्वरो मापन तथा कोभिड–१९ बारेमा …