जुम्ला : जुम्लाबाट निर्यात हुने काँचो स्याउको बिक्रीमा रोक लगाइएको छ। जुम्लाका सरोकारवालाहरुको आजको बैठकले सिफारिस बिनाको स्याउ निर्यातमा रोक लगाउने निर्णय गरेको हो। पूर्णरुपमा पाकेको, परिक्क भएको, गुलियो भरिएको स्याउ कृषि कार्यालयको सिफारिसका आधारमा मात्र निर्यात गर्ने निर्णय भएको कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले बताए। डेलिसियस, रेड डेलिसियसलगायतका जातका स्याउ भदौ १० गतेपछि प्राविधिकहरुको सिफारिसका आधारमा टिप्न तथा निर्यात गर्न पाईने निर्णय भएको छ।साउन र