अमेरिका-चीन जासुसीमा रोचक प्रतिस्पर्धा: बेइजिङको सूचना चुहिनै छाडेपछि ह्वाइटहाउसमा छटपटाहट !

चीन र अमेरिकाबीच विभिन्न क्षेत्रमा प्रतिस्पर्धा चलिरहेको सर्वविदितै छ । त्यसै सिलसिलामा गुप्तचरीको क्षेत्रमा पनि दुई देशबीचको कडा प्रतिस्पर्धाका रोचक पक्षहरू सार्वजनिक भइरहेका छन् ।  यसै क्रममा अमेरिकाको ब्लूमबर्ग पत्रिकाले बुधवार एउटा रिपोर्ट प्रकाशन गरेको छ । पिटर मार्टिन, जेनिफर जेकब्स र निक वाडह्याम्सले तयार पारेको उक्त रिपोर्टमा सी चिनपिङ चीनका राष्ट्रपति बनेपछि अमेरिकी गुप्तचर निकाय सीआईएले चीनमा सूचना पाउन नसकेको विषय उल्लेख छ ।  राष्ट्रपति सीका निकटवर्ती व्यक्तिहरूका विषयमा सूचना पाउन नसक्दा बाइडन प्रशासनका ...