प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, स्पष्टीकरण माग

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहितविपरीत, गैरजिम्मेवार तथा कूटनीतिक मर्यादाविपरीतको भनाइ भएको जनाएको छ। कांग्रेसका प्रवक्ता देवराज चालीसेद्वारा आइतबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीले संसद् बैठकमा “हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उक्त भनाइले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता तथा स्थापित राष्ट्रिय अडानलाई […]