अध्यादेशबारे पुरानो ‘स्टाटस’ भाइरल भएपछि बोले रास्वपा सांसद कार्की : अध्यादेश ल्याउनु बहादुरी होइन

कार्कीले ओली सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै भनेका थिए, ‘सरकार उज्यालोबाट डराउँछ र मध्यरातमा मन्त्रिपरिषदको बैठक बस्छ। सरकार संसददेखि डराउँछ र अध्यादेशबाट मुलुक चलाउने दुस्साहस गर्छ। सरकार चलाउने नागरिकको छनौटसँग आत्तिन्छ र आफु निर्विकल्प हुने सपना देख्दै दुईदलिय व्यवस्थाको वकालत गर्छ।’