आयुर्वेद चिकित्सामा स्तनपान र मातृ–शिशु स्वास्थ्य प्रवर्धन

स्तनपान मातृ–शिशु स्वास्थ्य प्रवर्धनको आधारभूत स्तम्भ हो। आयुर्वेदले स्तन्य उत्पादनलाई पोषण, पाचन र मानसिक अवस्थासँग जोडेर दीर्घकालीन समाधान प्रदान गर्दछ। नेपालमा पूर्ण स्तनपान दर अझै सन्तोषजनक नभएकाले आयुर्वेदिक ज्ञान र आधुनिक स्वास्थ्य प्रणालीबीच समन्वय आवश्यक देखिन्छ। सही आहार, जीवनशैली र औषधिको संयोजनले अल्पस्तन्यताको समस्या प्रभावकारी रूपमा समाधान गर्न सकिन्छ।