मुुलुकको संघीय राजधानी काठमाडौंसहित उपत्यकाका तीन जिल्ला कोरोना संक्रमणको इपी सेन्टर बन्न पुगेको छ । आइतबार देशभर चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा उपत्यकाका तीन जिल्लामा मात्र तीन हजार ३४७ नयाँ सङ्क्रमित थपिए । थपिएकामध्ये काठमाडौँमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये …