सिभिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले असार १८ देखि लागु हुने गरेर पोखरेललाई सीइओ पदमा नियुक्त गरेको हो ।पोखरेल अहिले सिभिल बैंकमा कामू सीइओको रुपमा कार्यरत रहेका छन् । सिभिल बैंकका सीइओ गोविन्द गुरुङ म्यानमार सिटिजन्स बैंकमा सीइओ हुन गएपछि सिभिलमा सीइओ पद खाली थियो । […]