काठमाडौं : भारतीय अनुदानमा ललितपुर जिल्ला रहेको हिरण्यवर्ण महाविहार र दिगि छें को निर्माण कार्य सुरु भएको छ।यी महाविहार र दिगि छें नेपालका महत्वपूर्ण सम्पदा क्षेत्र हुन्। सुनौलो मन्दिरको रुपमा प्रख्यात महाविहारको पुनर्निर्माण लागत १८ करोड १० लाख नेपाली रुपैयाँ रहेको छ।युनेस्कोबाट विश्व सम्पदास्थलको रुपमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा महाविहार अवस्थित छ। यो महाविहार पाटनको सबैभन्दा महत्त्वपूर्ण वौद्ध मन्दिर मठ को रुपमा पनि चिनिन्छ।ललितपुर जिल्लामा ७ वटा सांस्कृतिक सम्पदाह