काठमाडौँ। निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीले लौरो चिन्हलाई स्वतन्त्रहरुको साझा अभियान भनेर जनतामा झुटा प्रचार गरिरहेको विषय प्रति पार्टी संयोजक अनन्तराज घिमिरेसँग स्पष्टिकरण माग गरेको छ। हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह आयोगको समानुपातिक सूचीमा दर्ता भएकोले उक्त लौरो चिन्ह स्वतन्त्रहरुको नभएको निर्वाचन आयोगले बताएको छ।