त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करी हुने गरेको थाहा भएको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सफाइ कर्मचारीले हिमालय एयरलाइन्सको शौचालयबाट निकालेर ल्याउँदै गरेको सुन बरामद गरेको छ ।सफाइ कर्मचारीको साथबाट २ किलो ३३२ ग्राम सुन बरामद गरिएको विमानस्थलका एसएसपी भीम प्रसाद ढकालले रातोपाटीलाई बताए । ढकालका अनुसार सुन तस्करीमा संलग्न ५ जना पक्राउ परेका छन् । बिहीबार पाँचथर घर भएका मीनकुमार माबो, नुवाकोट घर भएका सुमन तामाङले सुन विमा