काठमाण्डाै - नेपालसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जिम्बाब्वे ‘ए’ ले ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जिम्बाब्वे ‘ए’ टोली ३१ ओभर ५ बलमा ८७ रनमा अलआउट भयो । जिम्बाब्वेका जनथान क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रनमा अविजित रहे ।
नेपालका सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरे । करण र सोमपालले ३/३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए । हिजो भएको पहिलो एक दिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको...