धनगढीमा पसल सञ्चालन गर्ने बझाङका व्यवसायी १ किलो चरेससहित पक्राउ

कैलाली : कैलाली प्रहरीले धनगढीमा किराना व्यवसाय गर्दै आएका बझाङका एक व्यक्तिलाई १ किलो चरेससहित पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-१२ जुगेडामा किराना व्यवसाय गर्दै आएका बझाङका ३६ वर्षीय दिनेश सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बझाङको जय पृथ्वी नगरपालिका-६ घर स्थायी घर भएका सिंहले सञ्चालन गरेको पसलमा…