सम्वृद्धिको अस्त्र : अब्बल बनाऔं अर्थतन्त्र

केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री भएलगत्तै अर्थमन्त्री डा. युवराज खतिवडाले गत चैत १६ गते देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी श्वेतपत्र जारी गर्दै भने, “यतिबेलको अर्थतन्त्र निक्कै कहालीलाग्दो छ ।” उनले वित्तिय क्षेत्रको पुँजी परिचालन र आर्थिक वृद्धि कमजोर अवस्थामा पुगेको सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको भन्दै अर्थतन्त्रका चुनौतीका चाङ रहेको बताए ।