श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म गाइने जोगिराको साटो ‘डिस्को’ बज्न थालेपछि…

‘होरी’ (फागु) पर्व आउन दुई दिन मात्रै छ । तर विगतका वर्षहरुमा देखिने फागुको रोमाञ्चकता तथा उत्साहपूर्ण पर्खाइ भने अहिले हराउँदै गएको छ । मिथिलामा फागुको स्वागतमा हार्मोनियमको मिठो राग, लय एवं डम्फू र मृदङ्गको तालमा जम्ने जोगिराको दलान देखिन छाडेको छ । श्रीपञ्चमी (वसन्तपञ्चमी) सँगै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागुविशेष गीत) अब महोत्तरीसहितका मिथिलामा …