मलेसियाबाट एकै दिन ल्याइयो २४ वटा शव

काठमाडौं। मलेसियाबाटै एकै दिन २४ वटा शव ल्याइएको छ। वैदेशिक रोजगारीका क्रममा मलेसिया गएका नेपाली श्रमिकको शव ल्याइएको हो। मलेसियाबाट आजै तीन वटा अस्तु समेत ल्याइएको छ। पहिले नै मृत्यु भएपनि कोरोना महामारीका कारण रोकिएको शव नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत ल्याइएको हो। सबै शवलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा आफन्तलाई बुझाइएको छ। मलेसिया नेपाली श्रमिकको प्रमुख गन्तव्य हो।