सन २०१४ मा चीनमा चिकित्साशास्त्रको स्नातक तह अध्यन पूरा गरी नेपालमा इन्टर्नसिप सक्न नपाएका विद्यार्थीले चिकित्सा शिक्षा आयोगले छिटो भन्दा छिटो इन्टर्नसीप पूरा गराउनुपर्ने माग राखेका छन् । बाँकी रहेको इन्टर्नसीपका लागि चाँडोभन्दा चाँडो इजाजत दिनुपर्ने माग राख्दै उनीहरुले बिहीबार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन्। २०१४ ब्याचका १५६ जना विद्यार्थीहरु कोभिडका कारण इन्टर्नसिप पूरा नगरी नेपाल फर्केका थिए ।