कान्तिपुरको सम्पादकलाई चिठी स्तम्भमा मंगलबार ‘निजी स्कुलको नराोकिँदो शोषण’ शीर्षकमा रोशन भट्टराईले लेखेका रहेछन्, ‘सरकारी स्कुल नभएका त होइनन्, तर तिनको दुर्दशा कसैबाट लुकेको छैन । गुणस्तरीय शिक्षा दिनेभन्दा पनि नेता, जिल्ला शिक्षा अधिकारी, प्रमुख जिल्ला अधिकारी, पैसा र शक्ति भएकाहरूका श्रीमती र आफन्त भर्ती केन्द्र बनेका छन् सरकारी स्कुलहरू ।’