गलकोट नगर अस्पतालमा व्यवस्थापकीय सुधारसँगै बिरामी आउन थाले

बागलुङ। गलकोट नगरपालिका वडा नं ५ हरिचौरमा रहेको गलकोट नगर अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्न थालेको छ। तत्कालिन गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नती गरेर व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार गरिएसँगै उपचार गर्न आउने बिरामीको संख्यामा समेत वृद्वि भएको गलकोट नगर अस्पताल सञ्चालक समितिका सदस्य तथा गलकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पवन हमालले जानकारी दिए।