वीरगञ्ज – वीरगञ्जमा शनिबार बिहान उपचारको क्रममा एक काेराेना संक्रमित पुरुषको मृत्यु भएको छ। रौतहटको माधवनारायण नगरपालिका- १ दिपही निवासी ७० वर्षका कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको हाे। अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले ती पुरुषको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको बताए। शुक्रबार अस्पतालमा भर्ना भएका ती पुरुषमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ […]