महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छन् । आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको 'कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनिकरणका उपाय' विषयक अन्तरक्रियामा मन्त्री रेग्मीले यस्तो प्रतिक्रिया दिइन् ।