काठमाण्डाै - नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि दलहरुले छलफललाई तीव्रता दिएका छन् ।
निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो । राष्ट्रपतिले आज र भोलि प्रतिवेदन अध्ययन गरेर आउँदो सोमवारसम्ममा संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारी गर्नुभएको छ ।
संविधानको धारा ७६ (१) मा कुनै एक दलले बहुमत पाएको हकमा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने व्यवस्था छ । तर चुनावबाट एउटै दलले बहुमत प्राप्...