काभ्रे पाँचखालका हरिभक्त ढकाल (मिजार) सँग पाँच वर्षयता कतिपल्ट न्यायालयको दैलो धाएँ भन्ने कुनै हिसाबकिताब छैन । न्यायको खोजीमा भौंतारिरहेका उनी यस्ता बाबु हुन्, जसका छोराको शव पाँच वर्षदेखि महाराजगन्जस्थित शिक्षण अस्पतालमा छ । न्याय नपाएसम्म छोराको अन्त्येष्टि नगर्ने अड्डीमा रहेका हरिभक्त जातीय विभेदकै कारण छोरा गुमाउनुपर्दाको साक्षी हुन् ।