काठमाडौं । उच्च अदालत तुलसीपुरका कामु मुख्यन्यायधीश डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ पुस्तक लोकार्पण गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले उक्त पुस्तक लोकार्पण गरे । पुस्तक लोकार्पण गर्दै न्यायाधीश सिन्हाले साइबर अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणको क्षेत्रमा यो पुस्तक महत्वपूर्ण दस्ताबेजको रूपमा स्थापित हुने विश्वास जनाए […]