काठमाडौं : नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन्। ६ महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उनको टिप्पणी थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भनि सत्तारुढ गठबन्धनलाई कटाक्ष समेत गरे। उनले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि सचेत गराए। सरकारले आफ्ना कार्ययोजनाहरू संसदमा प्रष्ट ढंगले राखेर अघि बढ्नुपर्ने उनको म