काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल केहीबेरमा सार्वजनिक गरिँदैछ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमि, भक्तपुरमा भर्खरै सकिएको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार कर्मचारी रिजल्ट प्रकाशनको तयारीमा जुटेका छन् । यो वर्ष पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिनेछ ।