हिउँद लाग्यो कि मधेसका किसानलाई उखुको पिरोलो सुरु हुन्छ । भरिलो, गुलियो रस भएको उखुको बर्सेनिको तीतो व्यथाले किसान पीडामा छन् । महोत्तरीका खेतमा उखु तयार भएर काट्ने बेला भए पनि अहिलेसम्म यसपालिको मूल्य निर्धारण भई नसक्दा किसानले चिनी उद्योगलाई आफ्नो उत्पादन दिन आनाकानी गर्दैछन् । चिनी उत्पादक उद्योग यो यामको उखु क्रसिङ गर्न तयार …