अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले बुद्धिजिवीहरूको संगठन मान्छेहरूको संगठन मात्र नभएको बताएका छन् ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘बुद्धिजिवीहरूको संगठन केवल मान्छेहरूको मात्र संगठन होइन । बुद्धिजीवहरूको संगठन विचार र अनुसन्धानको पनि संगठन हो ।’
उनले बुद्धिजिवी संगठनसँग विचार र अनुसन्धानको संगठन निर्माणका लागि चुनौती रहेको समेत औंल्याए । यसैगरी मन्त्री शर्माले समुदायमा आधारित राष्ट्...