श्रेष्ठ, धमला र पाण्डेको त्रिपक्षीय प्रतिस्पर्धा

निर्वाचनको मौन अवधि सुरु हुन केही दिन मात्र बाँकी छ । मौन अवधिमा चुनावी प्रचार गर्न नपाइने भएकाले अहिले काठमाडौं–९ का उम्मेदवारहरू मतदाता भेटघाटको चटारोमा छन् । यो क्षेत्रमा एमालेका ६४ वर्षीय कृष्णगोपाल श्रेष्ठ, सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी ४७ वर्षीया कल्पना धमला र साझा पार्टीका ३३ वर्षीय उम्मेदवार मिलन पाण्डेबीच मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ ।