हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घन्टी बजाइन्छ । घन्टीको आवाज त प्रत्येक मन्दिको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घन्टी बजाउने परम्परा छ ।
मन्दिरमा घन्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि छ ।
देवीदेवताको आरती घन्टनाद विना पूरा हुँदैन । घन्टीको ध्वनिले मन, मस्तिष्क र शरीरलाई सकारात्मक ऊर्जा दिन्छ । मन्दिरमा आरती हुँदा घन्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्छ ।
मन्दिरमा राखिएका सानाठूला घन्टीका आवाजले वातावरणलाई शुद्ध बनाउँछन् । घन्टीबाट निसकने ध्वनि चमत्कारी हुन्छ । हावामा भ...