बेपत्ता पारिएकाहरुको परिवार निकै कठिन परिस्थितीसँग जुध्नु परेको हुन्छ। ती कठिन परिस्थितीहरुमध्ये एक हो–पर्खाई। कयौँ वर्षदेखि हामीहरु हाम्रा आफन्तको नियतीबारे, न्याय र जवाफदेहिताबारे उत्तरको पर्खाइमा छौँ। सप्ताहान्तको दौरान मैले मेरा...
बाँके फत्तेपुरकी राजरानी गोडियालाई बन्दाबन्दीमा पीडामाथि पीडा थपिएको छ । द्वन्द्वकालमा १४ वर्षे छोरा ब्रह्मदिन बेपत्ता पारिएको पीडा उहाँले अझै भुल्न सक्नुभएको छैन । निम्नआय भएकी राजारानीलाई छोरा बेपत्ताको पीडासँगै अहिले साँझ बिहान के खाने भन्ने चिन्ता थपिएको छ ।
यस्तै समस्या छ, बाँके कोहलपुरकी कली परियारलाई । श्रीमान् अर्जुन नेपालीलाई राज्य पक्षले बेपत्ता पारेपछि सुरु भएको कलीको पीडा कोरोना कहरमा लगाइएको बन्दाबन्दीले झनै बल्झाएको छ । शरीरको एक भाग र हातखुट्टा नचल्ने कली औषधिविना उभिन सक्नुहुन्न । कलीलाई साँझ बिहान हात मुख जोर्न समस्यासँगै औषधि किन्ने समेत पैसा छैन । जेठो छोरा सिलाइको काम गर्ने भए पनि बन्दाबन्दीका कारण कामविहीन भएर घरैमा बसेका छन् । ‘बेपत्ता श्रीमान्को पीडा छँदै छ, त्यसमाथि कोरोनाले जिउने आधारै भताभुङ्ग पारिदियो । न गरिखान सकिन्छ न त मरिजान नै, सबैले कोरोना–कोरोना भन्छन्, हामीजस्तो पीडितको व्यथा कस्ले बुझ्ने ?’ कलीले आफ्नो पीडा सुनाउनुभयो । यस्तै समस्या कोहलपुरकी देवीसरा विक, बनकटवाकी राधा देवकोटा, नौवस्ताकी कमला विकलगायतलाई पनि परेको छ । वनकटवाकी राधा क्यान्सरको बिरामी हुँदा उपचार गर्दैमा सबै सम्पत्ति सकियो । स्वास्थ्य अवस्था गम्भीर रहेकी उहाँलाई अहिलेको अवस्थाले समस्या पारेको छ ।
उदयपुर। आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई सुत्केरी व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी श्रीमतीको मृत्यु भईसके पछि पनि अझै बेपत्ता छन् ।
जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले ...
उदयपुर – आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा श्रीमतीको ज्यान गइसके पनि अझै बेपत्ता छन् ।
जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल लगेका थिए ...
अविरल वर्षाका कारण शुक्रबारदेखि आएको बाढीपहिरोमा परी देशका विभिन्न भागमा ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विवरणअनुसार ५० जनाभन्दा बढीको मृत्यु भएको छ, बेपत्ता हुनेको संख्या यकिन छैन । हजारौं विस्थापित छन् । हराएकाहरूको तदारुकतापूर्वक खोजी हुन सकेको छैन ।