सिन्धुली ।ओमिक्रोन भेरिएण्टको संक्रमणदर घटेसँगै सिन्धुलीको ऐतिहासिक शक्तिपीठ कमलामाई स्थानमा पुजा गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ । हिउँद लागेसँगै कमलामाई स्थानलाई गरेको भाकल दिने र वनभोज जानेको संख्या दैनिक रुपमा बढेको छ । पुजा आराधना गरी पाठी, बोका, परेवा, हाँस, कुखुरा, परेवाको बली चढाएर कमलामाईको भाकल बुझाउँदा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । […]