सशस्त्र समूहको आक्रमणमा परी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा २७ जनाको मृत्यु

काठमाडौँ- सशस्त्र समूहको आक्रमणमा परी यस सातामा मात्रै प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा २७ जना सर्वसाधारणको मृत्यु भएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इतुरी प्रान्तमा सशस्त्र समूहको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । सशस्त्र समूहले यस हप्तामात्र २७ जना सर्वसाधारणको ज्यान लिएको र अरु केही सर्वसाधारण घाइते भएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिव […]

सम्बन्धित सामग्री

गाजास्थित शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमण

इजरायली सेनाले गाजास्थित नुसिराट शरणार्थी शिविरमा आक्रमण गरेको छ। आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । आक्रमणमा ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुलाई अल-बालाहको अल-अक्सा सहिद अस्पतालमा उपचारका लागि लगिएको छ। यस्तै गाजामा भोकमरीका कारण मृत्यु हुने नवजात शिशुको संख्या बढ्दै गइरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । पोषणको कमीले कम तौलका बच्चा जन्मिरहेका कारण मृत्युको संख्या बढिरहेको गाजाका स्वास्थ्यकर्मीले जनाएका छन्। यसैबीच, बे