महामन्त्रीका पराजित उम्मेदवार प्रदीप पनि गगन–विश्वप्रकाशले जित्दा खुशी !

काँग्रेस महामन्त्रीमा पराजित बनेका नेता प्रदीप पौडेलले विजयी भएका नेताहरु गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । उनले गगन र विश्वप्रकाशले जित्दा आफू खुशी नै भएको बताए । ‘मेरो राजनीतिक उन्नतीमा उहाँहरुको सहयोग छ । उहाँहरु निर्वाचित हुँदा म खुशी छ’, अन्तिम नतिजा आएपछि पार्टी कार्यालय सानेपाबाट बाहिरिने क्रममा उनले भने, ‘ चुनावमा जितिन्छ भनेर नै प्रतिस्पर्धामा जाने हो । चुनावी प्रक्रियामा उहाँहरुले विजय हासिल गर्नुभयो बधाई छ ।’उनले