काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आवश्यक परेको खण्डमा सिंहदरबार र बालुवाटार घेर्ने आन्दोलन गर्ने चेतावनी दिएका छन्।
आजको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीले निरंकुशता देखाँउदै गए सिंहदरबार र बालुवाटर घेर्न लाखौं जनता उतार्ने बताए। अध्यक्ष दाहालले भने, 'सिंहदरबार र बालुवाटार घेर्न लाखौं लाख मानिस आउँछन्। जरुरी पर्यो भने…