म यहाँहरु समक्ष केही समसामयिक सन्दर्भका कुरा राख्न चाहन्छु । मलाई हिजो जनआन्दोलनको बेलाको याद आउँछ । यतिबेला सम्झना आउँछ– जनआन्दोलनको बेलामा आन्दोलनमा उत्रनका लागि, आन्दोलनमा सहभागी हुनका लागि आग्रह गर्दा जनताले, दिदीबहिनी, दाजुभाइले सोध्ने गर्नुहुन्थ्यो, ‘अब तपाईहरु घरीघरी शान्ति र प्रजातन्त्र स्थापनाका लागि आन्दोलनमा उत्रनुप-यो भन्नुहुन्छ तर कहिले यो अस्थिरतालाई समाप्त गर्नुहुन्छ ?’ सबैको जिज्ञासा त्यही थियो । मलाई राम्रो सम्झना छ, हामीले जवाफ दिएको हिजोअस्ति जस्तो लाग्छ