काठमाडौं–तराई/मधेस द्रुत मार्ग निर्माणको लागि ८ अर्ब १५ करोड

काठमाडौं। सकारले काठमाडौं–तराई/मधेस द्रुत मार्ग निर्माणको लागि आउँदो आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बजेट भाषण गर्दै उक्त कुरा बताएका हुन्। द्रुत मार्गको सुरुङ र अग्ला पुल निर्माण कार्य आगामी वर्ष सुरु गरिने उनले जनाए। द्रुत मार्ग निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ।