सार्वजनिक शिक्षा सबलीकरण गर्न विश्वविद्यालयमा हुने गरेको राजनीतिक हस्तक्षेप हट्नुपर्ने र प्राविधिक शिक्षामा जोड दिनुपर्ने विज्ञहरूले औंल्याएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा सोमबार आयोजित ‘कान्तिपुर एजुकेसन समिट–२०२२’ को पहिलो सत्र ‘सार्वजनिक शिक्षाको सबलीकरण’ मा उनीहरूले राज्यले ‘गरिखाने शिक्षा’ उपलब्ध गराउन नसकेको दाबी गरे ।