नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा मधेसीतर्फबाट सहमहामन्त्रीको उम्मेदवार रहेका रञ्जित कर्णले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । उनले अब शेखर कोइराला प्यानलमा सहमहामन्त्रीको उम्मेदवार रहेका रामकृष्ण यादवलाई समर्थन गर्ने पनि घोषणा गरेका छन् ।
उनले शेखर कोइराला समूहलाई अत्यधिक मतले विजयी गराउन पनि अपील गरेका छन् ।