भारतमा बनेको चेन्नई बेस्ड विनाता एरोमोबिलिटी हाइब्रिड फ्लाइङ कार अक्टोबर ५ तारिखमा लन्च हुने भएको छ ।
यससँगै भारतीय बजारमा उड्ने कार उपलब्ध हुनेछ । चेन्नई बेस्ड स्टार्टअप एसियाको पहिलो हाइब्रिड फ्लाइङ कार हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उड्ने कारको प्रयोग अफिस आउजाउ गर्नदेखि आकस्मिक स्वास्थ्य सेवामा गर्न सकिने जनाइएको छ । भारतका उड्ययन मन्त्री ज्योतिरादित्य सिंधियाले चेन्नई बेस्ड स्टार्टअपको युवा टीमले बनाइरहेको उड्ने कारबारे आफूलाई जानकारी गराइएको बताए ।
कारमा राखिएको डिजिटल उपकरण र आर्टिफिसियल इन्टेलिजेन्सले चल...