आपूर्ति व्यवस्था सहज बनाउन टोली गठन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्कीय वस्तुुको आपूर्ति प्रणाली व्यवस्थित रूपमा सञ्चालन गर्न द्रुत टोली गठन गरेको छ । मन्त्रालयले बुधबार सूचनामार्फत बिहीबारदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई व्यवस्थापन गर्न ¥यापिड रेस्पोन्स टोली गठन गरेको जनाएको छ । बैठकले निषेधज्ञाको बहानामा आपूर्तिमा हुुन नसक्ने समस्यालाई ध्यानमा राख्दै मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुलगायतको ढुवानी र आपूर्तिमा सहजीकरणका लागि अन्तरमन्त्रालयको समन्वयमा दु्रत प्रतिक्रियात्मक टोली गठन गरेको हो ।

सम्बन्धित सामग्री

निषेधाज्ञामा आपूर्ति व्यवस्था सहज बनाउन सरकारको र्‍यापिड रेस्पोन्स टोली

भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ¥यापिड रेस्पोन्स टोली गठन गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न विभिन्न पाँचजना व्यक्तिलाई सम्पर्क अधिकारी तोकेको छ ।