विमानस्थल निर्माण योजनाको फाइल कर्मचारीले अड्काएर राखिदिएको भन्दै सहरी विकासमन्त्री सीता गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको ध्यानाकर्षण गराएकी छन् । चुहानडाँडा विमानस्थल बनाउने योजना अघि नबढेको भन्दै मन्त्री गुरुङ बुधबार तेह्रथुमका जनप्रतिनिधिसहित 'डेलिगेसन' लिएर पर्यटन मन्त्रालय पुगेकी हुन् ।