काठमाण्डाै - धार्मिक अगुवाहरूले धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शुक्रवार धार्मिक संस्थाका प्रमुखको बैठकमा धार्मिक अगुवाहरूले कुनै पनि असंवैधानिक तथा गैरकानुनी क्रियाकलापमा कोही पनि सहभागी नहुन र धार्मिक, सामाजिक एवम् सांस्कृतिक सद्भावका लागि क्रियाशील रहन आह्वान गरेका हुन् ।
अपिलमा विश्व हिन्दु महासङ्घ राष्ट्रिय समिति, विश्व हिन्दु महासङ्घ अन्तर्राष्ट्रिय समिति, नेपाल सनातन धर्म संस्कृति सङ्गठन, हिन्दु जागरण नेपाल, विश्व हिन्दु परिषद् नेपाल, श्रीकृष्ण प्...